दार्चुलामा भीरबाट लडेर प्रधानाध्यापकको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक जना प्रधानाध्यापकको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका–२ मुल्लास्थित सरस्वती आधारभूत विद्यालय घट्टेखोलाका प्रधानाध्यापक राम सिंह डोबालको मृत्यु भएको हो ।

बुधवार साँझ नौगाड गाउँपालिका–२ दल्लेखबाट घर फर्कदै गर्दा भेरागाडास्थित भीरमा लडेर गम्भीर घाइते भएका डोबाललाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.