दार्चुला । नेपाली कम्युनिस्ट पार्टीका नेता लक्ष्मणदत्त जोशीले दार्चुलाबाट आफ्नो मनोनयन दर्ता गरेका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीले नेकपाका केन्द्रीय सदस्य जोशीको नाम टुंगो लगाएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी जोशी दोस्रो पटक उम्मेदवार बनेका हुन् ।
यस्तै दार्चुलामा नेमकिपाका रमेशकुमार रावलले आफ्नो मनोनयन पत्र दर्ता गएका छन् ।उनी कैलालीको लम्कीचुहा नगरपालिका–५ का स्थानीय हुन् । दार्चुलाबाट प्रतिनिधि सभाका उम्मेदवार ९ जना रहेका छन् ।
नेकपा एमालेबाट गणेशसिंह ठगुन्ना,नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिस्टपार्टीबाट लक्ष्मणदत्त जोशी ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशसिंह सामन्त
राप्रपाबाट–राजेश चन्द संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना,राष्ट्रिय जनमोर्चाबाट–बिर्खराज पन्त नेकपा माओवादी–ई–नवराज भट्ट र नेमकिपा रमेशकुमार रावल उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।