गणेश ठगुन्नाले गराए मनोनयन दर्ता

दार्चुला । नेकपा एमालेका केन्द्रीय सदस्य गणेश सिह ठगुन्नाले दार्चुलाबाट मनोनयन दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।

ठगुन्ना २०७४ मा प्रतिनिधिसभा र २०७० संविधानसभा सदस्यमा यहाँबाट निर्वाचित भएका थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।

एमाले दार्चुलाबाट ठगुन्ना चौथो पटक उम्मेदवार बनेका हुन । एमाले केन्द्रीय सदस्य ठगुन्ना २०७९ मा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूसित पराजित भएका थिए।

Leave A Reply

Your email address will not be published.