हातहतियार बुझाउन प्रशासन कार्यालय दार्चुलाको आग्रह (पत्रसहित)

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन आग्रह गरेको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वस्नीय वातावरणमा सम्पन्न गराउन जिल्लाभित्र व्यक्तिगत रुपमा रहेका इजाजत पत्र प्राप्त हात हतियार तथा खरखजानाहरु बुझाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

यहि माघ २० गते सम्म आफ्नो पायक पर्ने नजिकको प्रहरी कार्यालयमा हातहतियार तथा खरखजाना बुझाउन सकिने उनले बताए ।

प्रहरीमा बुझाइएको उक्त हातहतियार निर्वाचन सम्पन्न भएको मितिले १ महिना पश्चात सम्वन्धित हातहतियार धनिले फिर्ता प्राप्त गर्न सक्ने छन् । तोकिएको अवधिभित्र हातहतियार तथा खर खजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

Leave A Reply

Your email address will not be published.