नौगाड गाउँपालिकाको वडा -१ मा भेटेरिनरी कार्यालयको पशुबस्तुमा औषधि उपचार प्रदान

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा- १ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाले पशुबस्तुमा औषधि उपचार प्रजिबी नियन्त्रण र रेबिज खोप प्रदान गरेको छ ।

माघ २४ शनिबार वडा -१ को नागु,मानाकोट, जात्रा र लक्सेरीकामा पुगेर कार्यालयको टोलीले स्वास्थ्य सेवा अन्तरर्गत पशुबस्तुमा औषधि उपचार प्रजिबी नियन्त्रण र रेबिज खोप प्रदान गरेको हो ।

नौगाड गाउँपालिका-१ अन्तर्गतको सबै भन्दा दुर्गम बस्ती नागु पुगेर कार्यालयले पशुबस्तुहरुमा स्वास्थ्य सेवा प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख लालबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार २ हजार १८० बाख्रा, २६८ भैसी, २० खच्चर, ३३ कुकुर गरी जम्मा २ हजार ५सय ८९ पशुबस्तुलाई औषधि उपचार प्रदान गरिएको बताए । यस्तै शनिबार त्यहाँका नागरीकहरुलाई दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको नेतृत्वमा गएको टोलीले भेटघाट गरेको छ । भेटघाट संगै एक दिने नि: शुल्क शिविर, नागरीकता ,सहित राष्ट्रिय परिचयपत्र वितरण,लगायत पशुबस्तुहरुमा स्वास्थ्य सेवा प्रदान गरिएको बताइएको छ ।

मानाकोट, जात्रा र लक्सेरीका स्थानीयहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् । गाउँमा आयोजित दुई चरणका भेलाबाट कुनै पनि राजनीतिक दललाई मत नदिने तथा चुनावी गतिविधिमा सहभागी नहुने निर्णय गरेपछि प्रशासन कार्यालयको टोली त्यहाँ पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.