दार्चुलामा प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार बिहान दार्चुलाको महाकाली नगरपालिका वडा – ४ बंगाबगरमा उनको शव फेला परेको हो ।

घर्तीको हत्या भएको आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ । बंगाबगरमा रहेको पूजा बियरबार पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

अहिले मृत प्रहरी हवल्दारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । स्थानीयहरुले घटनाको सत्यतथ्य छानविन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

पूजा वियरबार आज विहानै देखि बन्द रहेको छ ।

दार्चुलामा एक पुरुष मृत फेला

Leave A Reply

Your email address will not be published.