प्रहरी हवल्दार घर्तीको हत्यामा संलग्नलाई कारबाही गर्न एमाले दार्चुलाको माग

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा– ४ खलंगा बङ्गाबगडमा नेपाल प्रहरीका हवल्दार योगेन्द्र घर्तीको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा एमाले दार्चुलाले माग गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गदैँ एमाले दार्चुलाले अपराधीक घटनामा संलग्न जुनसुकै व्यक्ति समुह भएपनि अबिलम्ब खोजीगरी कानुन अनुसार हदैँसम्मको कारबाही गर्न माग गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीद्धारा जारी प्रेस विज्ञप्ती अनुसार सोमबार राती डिउटीकै समयमा धारीलो हतियार प्रयोग गरी जधन्य हत्यागरी विभत्स लास फालिएको अवस्थामा भेट्टिएकाले उक्त अपराधिक घटनामा संलग्नलाई कारबाही गर्न भनेको छ । घर्ती आज मंगलबार मृत फेला परेका थिए।

महाकाली नगरपालिका–४ बांगाबगडास्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका थिए। उनको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.