दार्चुला । दार्चुलामा ७१ बर्षीया वृद्धाको शव फेला परेको छ । मंगलबार बिहान जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ बर्षीया लक्ष्मी जोशीको शव घरभित्रै फेला परेको प्रहरीले जनाएको छ । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
घरमा एक्लै बस्दै आएको जोशीको हत्या आशंकामा अनुसन्धान अगाडि बढाइएको दार्चुला प्रहरीले जनाएको छ । उनको हत्या गरेर लुटपाट समेत गरिएको बताइएको छ ।
जोशीको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धानको काम अगाडि बढाएको प्रहरीले जनाएको छ ।