मालिकार्जुनमा सञ्चालित महायज्ञमा जाने नौगाडवासीका लागि दुई दिन नि:शुल्क बस सेवा

दार्चुला। राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनमा सञ्चालन भइरहेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवमा सहभागी हुन नौगाड गाउँपालिकाका नागरिकका लागि नि:शुल्क बस सेवा सञ्चालन गरिने भएको छ।

गाउँपालिकाले महायज्ञमा सहभागी हुन इच्छुक स्थानीय नागरिकलाई लक्षित गर्दै दुई दिन नि:शुल्क गाउँबस सेवा सञ्चालन गर्न लागेको हो। जिल्लाको मालिकार्जुन गाउँपालिका वडा–३ स्थित राष्ट्रिय धाम शैल्य मालिकार्जुनमा माघ २२ गतेदेखि शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव २०८२ सञ्चालन भइरहेको छ।

उक्त महायज्ञमा सहभागी हुन चाहने नौगाड गाउँपालिकावासीका लागि फागुन १ र २ गते नौगाडबाट मालिकार्जुनसम्म नि:शुल्क बस सञ्चालन गरिने गाउँपालिका अध्यक्ष दलजित सिह धामीले बताए । उनका अनुसार फागुन १ गते बिहान ९ बजे गाउँपालिकाको खारबाट र फागुन २ गते शौकेबगडबाट मालिकार्जुनका लागि बस छुट्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.