होली र निर्वाचन एकैसाथ, आचारसंहिता कडाइका साथ पालना गर्न दार्चुला प्रशासनको आग्रह

दार्चुला । यस वर्ष होली पर्व र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकैसाथ परेकाले आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक सूचना सार्वजनिक गर्दै प्रशासनको आग्रह विपरीत गतिविधि गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्व एकै समयमा परेकाले सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिताको परिपालनालाई ध्यानमा राखेर होली पर्व मनाउन भनेको छ ।

यस्तै निर्वाचनको प्रचार–प्रसार तथा मौन अवधिमै होली पर्व परेकाले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न प्रशासनले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

सूचनामा आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्दै मर्यादित, सभ्य र अनुशासित ढंगले होली मनाउन अनुरोध गरिएको छ । प्रशासनले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न आग्रह गर्दै उल्लङ्घन भएको जानकारी सम्बन्धित निर्वाचन निकाय वा नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउन भनेको छ।

होली पर्वलाई एकता, सद्भाव र भाइचाराको पर्वका रूपमा मनाउनुपर्ने उल्लेख गर्दै कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने जस्ता अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न आग्रह गरिएको छ। निर्वाचन सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई अवरोध वा दुस्ख दिने कार्य नगर्न विशेष आग्रह गरिएको छ ।

भारतसँग सीमा जोडिएका दार्चुलाका नाका ७२ घण्टा बन्द रहने

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.