भारतसँग सीमा जोडिएका दार्चुलाका नाका ७२ घण्टा बन्द रहने

दार्चुला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि दार्चुलामा भारतसँग जोडिएका नाका तीन दिन बन्द गरिने भएको छ। फागुन १८ गते १२ बजे रातिदेखि चुनावको मध्यरातसम्म भारतसँग जोडिएका नाका बन्द हुने भएको हो।

चुनावमा सुरक्षा व्यवस्थालाई लक्षित गर्दै भारतसँग जोडिएका सीमानाका ७२ घण्टाका लागि सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए । दार्चुलामा भारतसँग जोडिएका लाली, बाकु, जोलजिवी, दत्तु, पुलघाट खलंगा, तिग्रम, बडुगाउँ, मलघट्टे र सितापुल नाका छ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका जिल्लाको सबै नाकाहरू ३ दिनका लागि बन्द गरिने दाहालले बताए ।

दुवै देशका अधिकारीबीचको समन्वयमा चुनावसम्पन्न गर्न सीमानाका बन्द गरिने भएको हो। दार्चुलाबाट प्रतिनिधिसभामा विभिन्न दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा ड्रोन प्रयोगमा रोक

दार्चुलामा मदिराजन्य बस्तु बिक्रीबितरण तथा ओसारपसारमा कडाइ

Leave A Reply

Your email address will not be published.