मार्मा गाउँपालिकाको न्यायिक समितीमा १ सय २ उजुरी दर्ता

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको न्यायिक समितीमा न्यायिक समिती स्थापना भए देखि हाल सम्म एक सय २ वटा उजुरी दर्ता भएका छन । गाउँपालिकामा न्यायिक समिती दर्ता भए देखि हाल सम्म उक्त संस्यामा विभिन्न किसिमका उजुरी दर्ता भएको मार्मा गाउँपालिकाका न्यायिक समितीका कानुनी सल्लाहकार भगत सिंह ठेकरेले जानकारी दिनुभयो ।

देश संसघय संरचनामा गए संगै संविधानको धारा २१७ अन्तर्गत गठित न्यायिक समितिहरूलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसा जस्ता विवादहरूलाई खासगरि मेलमिलापमार्फत निरूपण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

संविधानले न्यायिक समितिलाई कानुन बमोजिम आफ्नो अधिकारक्षेत्र भित्रका विवाद निरूपण गर्न नगर-उपप्रमुख वा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने प्रावधान राखेको छ । सोही प्रावधान अनुसार गठित न्यायिक समितिले आएका उजुरीमाथि छानबीन एवम् मिलापत्र गर्न थालेका छन ।

जिल्लाको मार्मा गाउँपालिकाले हाल सम्म परेका १ सय २ उजुरी दर्ता भएकोमा ९५ उजुरी दर्ता समाधान गरेको उहाँले बताउनुभयो ।

आर्थिक बर्ष २०७४÷०७५ मा २१ वटा उजुरी दर्ता भएकोमा २१ वटै उजुरी समाधान गरेको ठेकरेले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष २०७५÷०७६मा २० वटा उजुरी दर्ता भएकोमा २० वटै उजुरी न्यायिक समितीमै समाधान भएका छन ।

आर्थिक बर्ष २०७६÷०७७मा ४१ वटा उजुरी दर्ता भएकोमा ३८ वटा मुद्दाको समाधान गरिएको र २ वटा उजुरी समाधान हुन बाकिँ रहेका छन, भने आर्थिक बर्ष २०७७÷०७८मा २० वटा उजुरी दर्ता भएकोमा १५ वटा उजुरीको समाधान गरिएको र ५ वटा उजुरी समाधान हुन बाकिँ रहेका छन ।

न्यायिक समितीको क्षेत्राअधिकार भित्र पर्ने विभिन्न किसिमका उजुरीहरुको न्यायिक समितीमै छलफल गरि समाधान गर्ने गरेको ठेकरेले बताउनुभयो । समाधान हुन बाँकि रहेका ७ वटा उजुरीहरुपनि छलफलको क्रममै रहेकोले छिट्टै समाधान गरिने उहाँको भनाई छ। न्यायिक समितीमा घरेलु हिंसा, जग्गा विवाद समबन्धीका उजुरीबढी रहेका छन ।

Leave A Reply

Your email address will not be published.