दार्चुला । दुवै मिर्गौला फेल भएका मालिकार्जुन गाउँपालिका वडा -८ बसेडीका भुवन सिंह धामीले उपचारका लागि सहयोगको याचना गरेका छन् । दुवै मिर्गौला फेल भएपछि उपचारका लागि खर्च नहुँदा धामीले शभेच्छुकसँग सहयोगको याचना मागेका हुन् ।
कामको सिलसिलामा भारतको राजधानी नया दिल्ली स्थित नोएडामा काम गदैँ आएका धामीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अहिले काठमाडौँ स्थित भक्तपुर अस्पतालमा उपचाररत रहेको उनका आफन्तहरुले जानकारी दिएका छन् ।
धामीको उपचारमा डाक्टरहरुले महंगो खर्च लाग्ने बताएपछि आफुहरुसंग खर्च अभाव भएपछि शभेच्छुकसँग सहयोगको याचना गरेको उनकी श्रीमती कलावती धामीले बताईन् । शुभेच्छुकको सहयोगमा मृगौला प्रत्यारोपण गरेर भएपनि बाँच्ने धामीको आशा छ । घरको अभिभाबक नै मृगौलाको समस्याबाट गुज्रिएपछि परिवारकै बिचल्नी सुरु भएको छ ।
आफन्त दिपक सिह धामीका अनुसार भुवनको जीवन बचाउका लागि देश बिदेशबाट रकम जुटाउनकालागि सामाजिक संञ्जालमार्फत सहयोगका लागि याचना सुरू गरेको बताएका छन् । भारतमै काम गदैँगर्दा हाल सम्म कमाएको पैसा उपचारकाक्रममा सकिएको छ, ‘मेरो जीवन मरण तपाईहरुको हातमा छ,’ मृगौला पिडित धामीले भने, ‘आफ्नै बुवा, आफ्नै काका वा दाजुभाई सम्झेर सहयोग गर्न अपिल गर्दछु ।’ उनले भन्नु भयो ।
पिडितका लागि सहयोग गर्नका लागि सम्पर्क नम्बर नरेंद्र सिंह धामी ९८६५६४६०२२ र कलावती धामी ९८४८७१३९५२ व्यवस्था मिलाइएको आफन्तहरुले बताएका छन् ।
यस्तै नेपालमा सहयोग गर्नका लागी उनकी श्रीमती कलावती धामीको नाममा रहेको माछापुच्छ्रेरे बैंकमा रहेको खाता अर्थात तल दिएको क्यू आर कोडमा गएर ईसेवाको कोडमा इस्क्यान गरी पुण्य कार्यमा सहयोग गरिदिन अपिल गरिएको छ ।
यस्तै भारतको लागी अभियान चलाई सहयोग संकलन गर्ने इच्छुकहरूले तल दिइएको नाम र नम्बरमा सम्पर्क गरी सहयोग गरी स्क्रीन शर्ट राखी यो मोबाइल व्हीट सीप नम्बरमा पठाइदिन अनुरोध गरिएको छ ।
भारतका लागी सम्पर्क व्यक्तिस् दीपक सिंह धामीर राम सिंह धामीलाई सहयोग गर्न भनिएको छ । भुवन सिंह धामी बच्चाऊँ अभियान स्वरूप प्राप्त भएको रकम मनकारी व्यत्ति को नामावली सामाजिक सञ्जालमा सार्वजनिक गरीने स्थानीयले बताएका छन् ।
