दार्चुला जिल्ला अस्पताल दार्चुलाले करार सेवामा ३ जना विशेषज्ञ जनशक्ती माग गरेको छ । आइतबार एक सार्वजनिक सूचना जारी गदैँ अस्पतालले विभिन्न तीन पदमा विशेषज्ञ जनशक्ती माग गरेको हो ।
जिल्ला अस्पताल दार्चुलाको चालु आर्थिक वर्ष २०८२/०८३ को बार्षिक स्वकृत कार्यक्रम अनुसार विशेषज्ञ सेवा प्रदान गर्न परामर्श सेवामा ३ जना विशेषज्ञ जनशक्ती माग गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
अस्पतालले हाडजोर्नी विशेषज्ञ १ जना, डेन्टल सर्जन १ जना, र फिजियोथेरापी सहायकमा १ जना गरी ३ जना विशेषज्ञ जनशक्ती माग गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डाक्टर डम्बरदत्त भट्टले जानकारी दिए । नयाँ भर्ना गरिने जनशक्तीहरुको कार्यविभाजन समेत गरिएको छ ।
जसमध्ये हाडजोर्नी विशेषज्ञले दैनिक अस्पतालको ओपिडी सेवामा रहेर विरामी परीक्षण उपचार परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।
यस्तै डेन्टल सर्जन र फिजियोथेरापी सहायकले दैनिक अस्पतालको ओपिडी सेवामा रहेर विरामीको परीक्षण उपचार गर्ने जनाएको छ । अस्पतालले नयाँ भर्ना हुने डाटरहरुलाई १५ दिनभित्र निवेदन दिन भनेको छ ।
