अपिहिमालमा सीप विकास तालिम, स्थानीय उत्पादनमा जोड (फोटो फिचर)

दार्चुला । अपिहिमाल गाउँपालिकाको आयोजनामा नव उद्यमीहरूका लागि सञ्चालन गरिएको ३० दिने बाँस तथा निगालोबाट सामग्री बनाउने तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाले आर्थिक विकासका कार्यक्रमअन्तर्गत स्थानीय कच्चापदार्थको उपयोग गर्दै हस्तकलामार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो।

तालिमका क्रममा सहभागीहरूले बाँस तथा निगालो प्रयोग गरी मुढा, सुजर्याक, टेबल, ऐना हेङ्गर लगायतका विभिन्न सामग्री निर्माण गरेका छन् । गाउँपालिका अध्यक्ष भगतसिंह ठेकेरे बोहराले तालिमले स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सहयोग पुगेको बताए ।

“स्थानीय स्तरमै पाइने बाँस तथा निगालोलाई प्रयोग गरेर उत्पादन गर्न सकिने विभिन्न सामग्रीहरूले रोजगारी सिर्जना गर्नुका साथै आम्दानीको दिगो स्रोत बन्ने विश्वास लिएका छौँ’, उनले भने, ‘यस्ता सीपमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।”

गाउँपालिकाले यस किसिमका कार्यक्रममार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न तथा उद्यमशीलता प्रवद्र्धन गर्न जोड दिँदै आएको जनाएको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.