जिप दुर्घटनाका घाइते तीन जनालाई रिफर गर्ने तयारी

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा–४ ओसिलमा भएको जिप दुर्घटनाका घाइते ३ जनालाई हेली एम्बुलेन्सबाट सिफर गर्ने तयारी गरिएको छ । मंगलबार विहान ओसिलमा जिप दुर्घटना हुँदा सिचाई कार्यालय दार्चुलामा कार्यरत भरतबहादुर तितारा र मनिसा पालको निधन भएको छ ।

सोही जिपमा सवार जिप चालक प्रकाश ठगुन्ना , अकबर महर र मिन बहादुर पाललाई थप उपचारका लागि हेरिकप्टर मार्फत धनगढी रिफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइते मध्ये जिपचालक प्रकाश ठगुन्नाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घाइतेहरुको अहिले गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई उद्धार गर्न सुर्खेतबाट हेरिकप्टर गोकुलेश्वर आउन लागेको बताइएको छ । घाइते मिनबहादुर पालको टाउको र हातमा चोट रहेको छ ।

यस्तै अखबर महराको छाती टाउको र प्रकाश ठगुन्नाको टाउकोमा चोट रहेको मालिकार्जुन अस्पतालले जानकारी दिएको छ । मंगलबार आज विहान ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ०१ –००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

Leave A Reply

Your email address will not be published.