दार्चुलामा एसईई परीक्षा : कुन–परीक्षा केन्द्रमा कति छन् विद्यार्थी ?

दार्चुला  । दार्चुला सहित देशैभर भोली चैत्र (१९ गते देखि चैत्र २९ गते ) आइतबार सम्म यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन हुदैँछ । यसका लागि जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले आवश्यक सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । यो वर्ष जिल्लामा जम्मा १७ वटा परीक्षाकेन्दहरु निर्धारण गरिएका छन् ।

जिल्लाभरीबाट यो वर्ष नियमित तर्फ २ हजार ५२८ जना र ग्रेडवृद्धी तर्फ एक हजार ४० जना गरी जम्मा ३ हजार ५६८ जना परीक्षार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका इकाई प्रमुख प्रताप सिह धामीका अनुसार सबैभन्दा बढि मालिकार्जुन माध्यमिक विद्यालय धापमा ४२० जना विद्यार्थीले परीक्षा दिने बताएका छन् ।

यस्तै सबैभन्दा कम सरस्वती मावि उकुमा ९८ जना विद्यार्थीले परीक्षा दिने छन् । महेन्द्र नमुना मावि खलंगा ‘क’ केन्द्रमा २४९ जना सोही विद्यालयको ‘ख’केन्द्रमा २३१ जनाले परीक्षा दिनेछन् । यस्तै शंकरपुर मावि पस्तीबाट २१६ जना, गोकुलेश्वर मावि गोकुलेश्वरको ‘क’ केन्द्रमा २०३ जना सोही विद्यालयको ख’केन्द्रमा १७३ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै हिमालय मावि हुतीबाट १६७ जना, लटिनाथ मावि रस्कोटबाट २५५ जना, गणेश विनायक मावि सिप्टीबाट १२४ जना, कृष्णमावि बलाचबाट १५४जनाले परीक्षा दिने भएका छन ।
मालिकार्जुन मावि मड प्रेमनगरबाट १८६ जना, लटिनाथ माविचन्दनपुर चौपताबाट १७९ जना जनविकास मावि बारबाजबाट १७६ जना लटिनाथ मावि खारबाट ३२४ जनाले परीक्षा दिने छन् ।

तपोबन मावि पडपडाबाट २५२ जना र तामाखानी भगवती आधारभुत विद्यालय चौबिसनबाट १५० जना विद्याथीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।पुरानो प्रश्नपत्रका १२ जना विद्यार्थीले जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना मावि खलंगा ‘ख’केन्द्रबाट परीक्षा दिने पाउने छन् ।

Leave A Reply

Your email address will not be published.