उद्योग वाणिज्य संघ दार्चुलाको अधिवेशनका लागी पूर्व अध्यक्ष थापाद्धारा प्यानल घोषणा

दार्चुला – यहि मंसिर १० देखि १२ गतेसम्म हुने दार्चुला उद्योग वाणिज्य संघको ८ औँ अधिवेशनका लागि सुरेशसिह थापाले प्यानल घोषणा गरेका छन् । शनिवार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरि उनले आफ्नो प्यानल घोषणा गरेका हुन् ।

व्यवसायीहरुको पक्षमा वकालत र सबल, सक्षम नेतृत्वका लागि आफूले प्यानल घोषणा गरेको उनले बताएका छन् । अध्यक्षमा आफ्नो नाम उल्लेख गर्दै बरिष्ठ उपाध्यक्षमा बिसनसिह बोहरा, उद्योग उपाध्यक्षमा केशव बहादुर पाल, वाणिज्य तर्फको उपाध्यक्षमा हरक सिह बडाल, महासचिवमा सर्पराज बडू, सचिवमा दिलेन्द्र राज अवस्थी, कोषाध्यक्षमा कमल सिह धामी, सहकोषाध्यक्षमा भुपेन्द्र राज भट्टको सहित प्यानल घोषणा गरेका छन् ।

यस्तै सदस्यहरुमा प्रेमसिह डडाल, इन्द्रसिह ठगुन्ना, प्रेमसिह कार्की, कम्मानसिह ठगुन्ना, राजेश नेपाली, दिनेश निरौला, दलजित महता, भुवन सिह धामी र प्रकाश सामन्त रहेको उनले बताए । थापाले यसअघि पनि उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । आफूहरुको प्यानलमा सबै व्यवसायी संघहरुको प्रतिनिधित्व रहेकाले स्वच्छ, स्वतन्त्र प्यानल घोषणा गरिएको उनको दाबी रहेको छ ।

Leave A Reply

Your email address will not be published.