दार्चुला । महाकाली नगरपालिका–४ मा शनिबार राति आगलागी हुँदा दुईवटा पसलमा ठुलो क्षति पुगेको छ।
स्थानीय जसु लुहारको कस्मेटिक पसल र सँगै रहेको दुहुँ गाउँपालिका–१ पिपलचौरी घर भएकी गोमती कुँवरको चियानास्ता पसलमा आगलागी हुँदा करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार राति अचानक आगो लागेर ती पसलहरू पूर्ण रूपमा जलेका हुन्। आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
आगलागी नियन्त्रणका लागि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा प्रयास गरिए पनि आगोले दुवै पसलमा रहेका सामग्री पूर्ण रूपमा नष्ट गरेको बताइएको छ।
यस घटनाबाट व्यवसायीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ भने प्रभावितहरूलाई राहत तथा सहयोगको आवश्यकता देखिएको छ।