दार्चुलामा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अगामी जेठ २ गतेबाट सञ्चालन हुने भएको छ ।
जिल्ला खेलकुद समिति दार्चुलाले सोमबार एक सूचना जारी गदैँ प्रतियोगिता अगामी जेठ २ गतेबाट ४ गतेसम्म संञ्चालन गर्ने जनाएको छ ।
प्रतियोगिता जिल्ला सदरमुकाम खलंगाको शिवनगर खेलमैदानमा संञ्चालन गरिने जनाएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइदिन सबै पालिकाहरुलाई आग्रह समेत गरिएको छ । गत वर्ष जिल्लाको मार्मा गाउँपालिकामा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महाकाली नगरपालिकाको महेन्द्र नमुना माविले हात पारेको थियो ।
