पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता रावललाई दलको नेताबाट हटाउन पार्टी नेतृत्व पनि सकारात्मक रहेको बताइएको छ । उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्रबहादुर मल्ल, मन्त्री सुरेन्द्र पाल र प्रदेशसभा सदस्य धर्मराज पाठक दलको नेताको दौडमा छन् ।
एमाले सुदूरपश्चिमका एक नेताका अनुसार छलफल दलको नेता परिवर्तनमा मात्रै सीमित हुने छैन । ‘दल नेता फेर्ने एजेन्डा त प्रमुख नै हो,’ ती नेताले भने, ‘नेतासँगै सरकार परिवर्तन पनि आजको छलफलको एजेन्डा हो । कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ समीकरणका विषयमा पनि आजको छलफल केन्द्रित हुन्छ ।’
पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच सहकार्यको विषयमा छलफल भएको र त्यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाटै हुनुपर्ने विषय आजको छलफलमा केही सांसदले उठाउने तयारी गरेका छन् ।
अध्यक्ष ओली समीकरण फेर्न तयार नभए एमालेका मन्त्री फेर्ने एजेन्डा पनि उठाउने तयारी गरिएको छ । एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा (पाताल), हिरा सार्की मन्त्री तथा निर्मलादेवी साउद राज्यमन्त्री छन् । सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेस नेतृत्वको सरकार छ ।
कांग्रेस–एमालेको गठबन्धन भएसँगै २० साउन २०८१ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए, नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह । शाहलाई कांग्रेसका १८ र एमालेका १० गरी २८ प्रदेश सांसदको समर्थन छ । यसअघि सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि शाह नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।
तर, नाउपा भने माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा विलय भइसकेको छ । जसले २० (निलम्बित एक र सभामुखबाहेक) सांसदसहित प्रदेशसभामा पहिलो दल बनेको छ, नेकपा । नेकपा अहिले प्रतिपक्षमा छ ।
नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा आज निर्णायक छलफल हुँदै छ । छलफलका लागि पार्टीको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमका एमाले सांसदलाई अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा रहेको निवासमा बोलाएको छ । आज हुने छलफलको मुख्य एजेन्डा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलबारे रहेको बताइएको छ ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता रावललाई दलको नेताबाट हटाउन पार्टी नेतृत्व पनि सकारात्मक रहेको बताइएको छ । उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्रबहादुर मल्ल, मन्त्री सुरेन्द्र पाल र प्रदेशसभा सदस्य धर्मराज पाठक दलको नेताको दौडमा छन् ।
एमाले सुदूरपश्चिमका एक नेताका अनुसार छलफल दलको नेता परिवर्तनमा मात्रै सीमित हुने छैन । ‘दल नेता फेर्ने एजेन्डा त प्रमुख नै हो,’ ती नेताले भने, ‘नेतासँगै सरकार परिवर्तन पनि आजको छलफलको एजेन्डा हो । कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ समीकरणका विषयमा पनि आजको छलफल केन्द्रित हुन्छ ।’
पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच सहकार्यको विषयमा छलफल भएको र त्यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाटै हुनुपर्ने विषय आजको छलफलमा केही सांसदले उठाउने तयारी गरेका छन् ।
अध्यक्ष ओली समीकरण फेर्न तयार नभए एमालेका मन्त्री फेर्ने एजेन्डा पनि उठाउने तयारी गरिएको छ । एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा (पाताल), हिरा सार्की मन्त्री तथा निर्मलादेवी साउद राज्यमन्त्री छन् । सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेस नेतृत्वको सरकार छ ।
कांग्रेस–एमालेको गठबन्धन भएसँगै २० साउन २०८१ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए, नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह । शाहलाई कांग्रेसका १८ र एमालेका १० गरी २८ प्रदेश सांसदको समर्थन छ ।
यसअघि सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि शाह नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । तर, नाउपा भने माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा विलय भइसकेको छ । जसले २० (निलम्बित एक र सभामुखबाहेक) सांसदसहित प्रदेशसभामा पहिलो दल बनेको छ, नेकपा । नेकपा अहिले प्रतिपक्षमा छ ।
५३ सदस्यीय प्रदेशसभामा हाल ५१ जना मात्र छन् । एक जना निलम्बनमा छन् भने स्वतन्त्रबाट विजयी डा. तारा जोशी राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि एक सिट रिक्त छ ।