एसइई नतिजाको अन्तिम तयारी हुदै, बैशाख २९ गते भित्र सार्बजनिक हुने

काठमाडौं । यस बर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।
गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार अहिले अन्तिम चरणको काम भइरहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् ।

उनले हाल ३०–३५ कर्मचारीबाट टेबुलेसनको काम भइरहेको जानकारी दिदै सरकारले दिएको डेडलाइन बैशाख २९ भित्रनै नतिजा प्रकाशित हुने बताएका छन् ।

यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो ।

हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

Leave A Reply

Your email address will not be published.