भुवनेश्वरी माविमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता

कञ्चनपुर, ३०बैशाख 

आउँदो शुक्रबारदेखि कञ्चनपुरमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुन लागेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नाराका साथ जिल्ला खेलकुद समितिको आयोजनामा १६औँ संस्करण अन्र्तरगत राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुन लागेको हो ।

१ जेठ(शुक्रबार)देखि जिल्लाको बेदकोट नगरपालिका ६ सिसैैया स्थित भुवनेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले प्रतियोगिताको आन्तरिक तथा भौतिक फिल्डको तयारी पुरा भएको बताए । अध्यक्ष सिहले प्रतियोगितामा हुने सबै विद्याका खेलकुदमा प्राविधिक टिम तयारीदेखि फिल्ड तयारी पुरा भएको बताए । अध्यक्ष सिहका अनुसार ६ खेलकुदका विद्याहरु भलिबल, कब्डी, एथलेटिक्स, तेक्वाण्डो, कराँते, उसुका खेलाडीविच प्रतिस्पर्धा हुनेछ ।

हरेक पालिबाट भलिबल तर्फ छात्रछात्र ९÷९, कबड्डी छात्रछात्रा ९÷९, एथलेक्टिेक्स छात्रछात्रा ११÷११, तेक्वाण्डो छात्रछात्रा ६÷६, कराँते ६÷६ र उसु ६÷६ गरेर हरेक पालिकाबाट ९४का दरले ८सय ४६खेलाडीविच प्रतिस्पर्धा हुन लागेको छ ।

अध्यक्ष सिहले गत बर्ष बेदकोट नगरका मेयर भोजराज बोहराले यस पटक जिल्ला स्तरिय प्रतियोगिता आफ्नो पालिकाले गर्ने प्रतिबद्धता अनुरुप बेदकोट नगरमा गर्न लागेको बताए । यस अघि १४औँ जिल्ला स्तरिय संस्करण बेलौरी, १५औँ शुक्लाफाँटा र अहिले १६औँमा बेदकोट नगरमा हुन लागेको छ । निर्वाचन सहितका विवित कारणले जिल्ला स्तरिय प्रतियोगिता केही ढिलाई भएको बताए । तीनदिनसम्म संचालन हुने जिल्ला स्तरिय प्रतियोगिताबाट छनौट हुने खेलाडी सुप प्रदेश स्तरियदेखि राष्ट्रिय प्रतियोगितासम्मै छनौट हुनेछन । जिल्ला स्तरिय प्रतियोगितामा सहभागिताका लागि ९वटै पालिका टिम अभ्यासमा जुटेका छन ।

Leave A Reply

Your email address will not be published.