दार्चुलामा भन्सार छलिका समान बरामद

दार्चुला । दार्चुलाको लास्कु खोला क्षेत्रबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।

महाकाली नगरपालिका वडा –४ लास्कु खोलाबाट अन्दाजी ३१ हजार ७ सय ८५ रुपैयाँ बराबरका बिडी, सुर्ती, खाने तेल, काजु, बदाम र मिश्री लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.