मालिकार्जुन गाउँपालिकाले दिन थाल्यो एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

मालिकार्जुन–१ मा एकल पुरुष भत्ता वितरण गरिने, निवेदन दिन आग्रह

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।

चालु आर्थिक वर्ष २०८२र०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकल पुरुषहरूलाई जीवन निर्वाह भत्ता वितरण गरिने जनाएको जनाएको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने ५५ वर्ष पूरा भई हालसम्म अविवाहित रहेका वा पत्नीको मृत्यु भई पुन: विवाह नगरेका पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्रका एकल पुरुष काम गर्न शारीरिक रूपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरूको सहाराका लागि जीवन निर्वाह सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिए । यसअघि जिल्लाको अपिहिमाल र दुहुँ गाउँपालिकाले पनि एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिदै आएका छन् ।

मालिकार्जुन–१ मा एकल पुरुष भत्ता वितरण गरिने, निवेदन दिन आग्रह

मालिकार्जुन गाउँपालिका वडा नम्बर १ कार्यालयले एकल पुरुषलाई जीवन निर्वाह भत्ता वितरण गर्ने सम्बन्धी सूचना जारी गरेको छ ।

वडा कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८२र०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकल पुरुषहरूलाई जीवन निर्वाह भत्ता वितरण गरिने जनाएको हो।

सूचनाअनुसार ५५ वर्ष पूरा भई हालसम्म अविवाहित रहेका वा पत्नीको मृत्यु भई पुन: विवाह नगरेका पुरुषहरूले आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दर्ता गर्नुपर्नेछ। निवेदन दर्ताको अन्तिम मिति २०८३ साल जेठ ७ गतेसम्म तोकिएको छ।

वडा कार्यालयले निवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, पत्नीको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा अविवाहित वा अर्को विवाह नगरेको प्रमाणित कागजात पेश गर्नुपर्ने जनाएको छ।

त्यस्तै, निवेदकले राज्यकोषबाट अन्य नियमित आर्थिक सुविधा नलिएको हुनुपर्ने शर्त पनि राखिएको छ। सूचना वडा सचिव ललित राज पन्तद्वारा जारी गरिएको हो।

Leave A Reply

Your email address will not be published.