दार्चुला ।दार्चुलामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । जिल्ला खेलकुद विकास समिति दार्चुलाको आयोजनामा महाकाली नगरपालिका वडा –४ शिवनगर खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शनिबार जिल्ला समन्वय समन्वय समिति प्रमुख महादेब बडुले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख बडूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूवर्क सम्पन्न गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए् ।
शनिबारदेखि सुरू भएको प्रतियोगिता सोमबारसम्म चल्ने खेलकुद विकास समितिका अध्यक्ष मानसिह बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा सबै पालिकाले सहभागिता जनाएका छन् । प्रतियोगितामा सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड छात्र– छात्रा, भलिबल छात्र–छात्रा, कबड्डी छात्र–छात्राको आयोजना गरिएको छ । त्यसैगरी छात्र–छात्रा ४×१००, ४×४०० रिले दौड, छात्र–छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सर्टफुट, कराँते, तेक्वान्दो लगायतका खेलकुदहरू आयोजना गरिएको आयोजकले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष मान सिह बुढाथोकीको अध्यक्षतामा उद्घाटन भएको प्रतियोगितामा विभिन्न स्थानिय सरकारका प्रमुख, उपप्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता छ । आयोजकका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि छनोट गरिने जनाएको छ ।
