दार्चुलामा रास्वपाको वडा अधिवेशन सुरू

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलामा वडा अधिवेशन अभियान सुरू गरेको छ । आज महाकाली नगरपालिका–१ लास्कुमा आयोजित वडा भेला तथा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति राजेश सामन्तले जानकारी दिनुभयो।

अधिवेशनमार्फत वडास्तरीय संगठन विस्तार, सदस्यता अभिवृद्धि तथा पार्टी गतिविधिलाई गाउँ–टोलसम्म सक्रिय बनाउने उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

रास्वपाले आगामी दिनमा जिल्लाका अन्य वडाहरूमा पनि क्रमश: वडा भेला तथा अधिवेशन सञ्चालन गर्ने जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.