देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सम्पत्ति शुद्धीकरण विभागको पक्राउ पुर्जीविरुद्ध देउवाको तर्फबाट दायर रिटउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले अध्यादेश जारी हुनुपुर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वत: निष्क्रिय हुने ठहर गरेको छ ।

उपचारको क्रममा बैंकक पुगेका देउवा अहिले हङकङ छन् । आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत देखाउन मन्जुर रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।

सरकारले देउवाविरुद्ध रेडकर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीसमेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.