कञ्चनपुर, जेष्ट १९ ।
नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा ज्ञानेन्द्र बहादुर सिह चयन भएका छन । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष समेत रहेका सिहलाई नै नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशकै नेतृत्व(कमाण्डर)कै जिम्मेबारी दिएको हो ।
सोमबार नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशको ९औँ अधिवेशनबाट अध्यक्षमा सिह चयन भएका हुन । उपाध्यक्ष पदम बहादुर सिह, सचिव लोग बहादुर बुढा, कोपााध्यक्ष शिवनाथ चौधरी, सदस्य हेम बहादुर बस्नेत, गजेन्द्र डगौरा, कमलराज पनेरु, जयपृथ्वी बहादुर चन्द, महेश्वर ओझा, सबिता ऐर, पार्वती भट्ट(जोशी), बिक्रम ठकुल्ला सहित रहेका छन ।
नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका ज्ञानेन्द्र बहादुर सिहले प्रदेशमा तेक्वान्दो खेलकुद बृद्धि विकासका कामकाज गर्ने प्रण गरेका छन ।
समाजिक विकासमन्त्री मेघराज खडकाको प्रमुख आथित्यमा, सुप प्रदेशका सदस्य सचिव लोक बहादुर खडका, नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष दिपकराज गुरुङ्ग, संघकै बरिष्ठ उपाध्यक्ष भान बहादुर चन्द(भाुन)सहितको बिशिष्ठ आथित्यमा भएको कार्यक्रममा खेलाडीहरुको सहभागिता रहेको थियो ।