कञ्चनपुर, २२ जेष्ठ।
पहिलो पटक एक साथ प्रतिनिधी सभा र राष्ट्रिय सभाका सभामुख, उपसभामुख एकसाथ कञ्चनपुर आईपुगेका छन । शुक्रबार प्रतिनिधी सभाका सभामुख डोल प्रशाद अर्याल(डिपी), राष्ट्रिय सभाका सभामुख नारायण दाहाल र उपसभामुखद्वय रुबी रौनियार, लिला भण्डारी एकसाथ कञ्चनपुर आईपुगेका हुन ।
सभामुख, उपसभामुखसंगै केन्द्र, प्रदेशका सासदपनि आएका छन । उनीहरुले जिल्लाको उत्तरी चुरेफेदमा रहेको भम्केनी धामको स्थलगत अनुगमन गरेका छन । सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम धामी, प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र सिह महताले भम्केनी धाममा बन्न लागेको नेपाल आमाको मूर्ति बारे जानकारी गराएका थिए । यस्तै सोही टोली दोधाराचाँदनी सुुक्का बन्दरगाह,शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका क्षेत्रको अवलोकन गरेर टीकापुर जाने जनाईएको छ । शनिबारदेखि टीकापुरमा हुन लागेको अन्तरव्यवस्थापिका सम्मेलनका लागि दुवै सदनका सभामुख, उपसभामुख सुदूरपश्चिम आएका हुन । उक्त टोलीमा प्रदेश, केन्द्र सहितका सासद, सरकारी अधिकारी रहेका छन ।