फुटबल  प्रशिक्षक “एन्फा कम्युनिटी कोर्ष” सफलतापुर्बक सम्पन्न

कञ्चनपुर ०५ असार ।

कञ्चनपुर जिल्लामा पहिलो पटक फुटबल प्रशिक्षण प्रशिक्षक तालिम सफलतापुर्बक सम्पन्न भएको छ।

जिल्ला फुटबल संघको आयोजना दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा “एन्फा कम्युनिटी कोर्ष–२०२६” सफलतापुर्बक सम्पन्न भएको हो।

असार ०१ गते सोमबार बाट जिल्लाको महेन्द्रनगर आयोजना भएको प्रशिक्षण तालिम ४ गते बिहिवारएक कार्यक्रमका बिच होटल न्यू आनन्दको सभा हलमा दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यता सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापतित्व कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले गर्नुभएको थियो।

उक्त तालिम २०८३ २० देखि ४ गतेसम्म महेन्द्रनगरस्थित खुला मञ्च र होटेल न्यू आनन्दको सभाहलमा प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो। जसमा पाठ्यक्रममा आधारित र व्यवहारिक सत्रमा आधारित प्रशिक्षण प्रशिक्षक तालिममा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुर लगायतका विभिन्न क्षेत्र बाट इच्छुक ४३ जना प्रशिक्षार्थीहरुले तालिम लिएका छन्।

कञ्चनपुर जिल्ला फुटबल संघका अनुसार जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि वि.सं. २०६०, २०७४ र २०८२ सालमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि पहिलो पटक उक्त कार्यक्रम गरिएको हो।

तालिमका प्रशिक्षक “एन्फा प्रशिक्षक एजुकेसन हेड संजित सिंहले सहभागी सम्पुर्ण प्रशिक्षार्थीहरुले आगामी दिनमा खेलाडी उत्पादनमा विशेष भुमिका खेल्ने कुरामा जोड दिनु भयो।” उनले भन्नू भयो, ‘प्रशिक्षकको भुमिका र कर्तव्यको पालना गरेर फुटबल बिकासमा निरन्तर अग्रसर रहन समेत आग्रह गर्छु।’

‘कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले कञ्चनपुर जिल्ला फुटबल बिकासका लागि सधै सहयोग सधै रहने समेत प्रतिबद्धता गर्नु भयो। उनका अनुसार, कञ्चनपुर जिल्ला फुटबल संघको भवन निर्माणका समन्वय सहकार्य गरि अबका दिनमा अगाडि बढ्नेछ।’

सुदूरपश्चिम प्ररदेश फुटबल संघका एवं उद्योग वाणिज्य संघ कञ्चनपुरका उपाध्यक्ष तेज बहादुर चन्दले प्रशिक्षक प्रशिक्षणले फुटबल विकासमा ठूलो योगदान पुग्ने बताए।

दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बूले जिल्ला खेलकुद विकासका लागि निरन्तर हातेमालो गर्ने र सहयोग रहने बताए। उनले भने, ‘दोधारा नगरपालिका कञ्चनपुर जिल्ला फुटबल संघले खेलाडी उत्पादनमा आगामी दिनमा प्रशिक्षकले नयाँ खेलाडीलाई अगाडि बढाउने विश्वास रहेको छ।’

कञ्चनपुर जिल्ला फुटबल संघले आगामी दिनमा प्रशिक्षक प्रशिक्षणको “सि” लाइसेन्सको तयारी रहने संघका अध्यक्ष गणेश बहादुर चन्दले भन्नू भयो। आगामी दिनमा प्रशिक्षक उत्पादन फरक हिसापले अगाडि पर्ने कुरामा विशेष जोड दिनुभयो। उनले भन्नू भयो, ‘नेपालमा सहुलियत दरमा प्रशिक्षक प्रशिक्षण तालिम दिने जिल्ला कञ्चनपुर पहिलो हो। यसका लागि दोधारा चाँदनी नगरपालिका र अखिल नेपाल फुटबल संघ लगायत सहभागी सम्पुर्ण र सहयोगीहतहरु लाई हार्दिक धन्यवाद समेत छ।’

महेन्द्रनगर कञ्चनपुर जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमप्रति खेलप्रेमी तथा खेलाडी प्रशिक्षक सरोकारवालाहरूको विशेष चासो समेत बनेको छ।

Leave A Reply

Your email address will not be published.