पत्रकार खेम भण्डारी पक्राउ

निर्मलाको न्यायका लागि अन्तिमसम्म लडछु ः पत्रकार भण्डारी

कञ्चनपुर, १९ असार ।
कञ्चनपुरका बरिष्ठ पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । गालीबेईजती मुद्दामा अदालतले कैदी र जरिवाना तोकिएका पत्रकार भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक बहादुर रावतले जिल्ला र उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको बताए ।

निर्मला हत्याकाण्डमा पत्रकार भण्डारीले तत्तकालिन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट निर्मला काण्डमा संलग्न छानबिन हुनुपर्ने विषय उठान गरेपछि किरण विष्टले जिल्ला अदालतमा गालीबेईजती मुद्दा दायर गरेका थिए ।
विष्टको मुद्दामा पत्रकार भण्डारीलाई जिल्ला अदालतले १जेठ ०८२ मा विष्टलाई क्षतिपूर्ति एक लाख, १ महिना कैद र १० हजार जरिवाना फैसला गरेको थियो । त्यसपछि १२ चैत्र ०८२ मा उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले ७ दिन थप र २ हजार एकसय रुपैया जरिवाना फैसला गरेको थियो । पत्रकार भण्डारीले कैद र जरिवाना भुक्तान नगरेपछि अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेर अदालत पेश गरिने प्रहरी प्रवक्ता रावतले बताए । पक्राउको अधिल्लो दिन पत्रकार भण्डारीले निर्मला हत्याकाण्ड छानबिनका लागि एसएसपी कृष्ण प्रशाद पगेनी नेतृत्वमा नयाँ अनुसन्धान समिति सबैले स्वागत गरौँ भन्ने धारणा सार्वजनिक गरेकै भोलीपल्ट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकै दिन पत्रकार भण्डारीले दफा १५५को सुविधाका लागि निवेदन दिएपनि अदालतले उनलाई पुरक्षका लागि कारागार चलान गरेका छन । पत्रकार खेम भण्डारीले आफुले पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दिएसंगै मौका नदिएरै अदालत पु¥याएको बताए ।
पत्रकार भण्डारीले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको न्यायका लागि अन्तिम शास रहन्जुलसम्मे लड्ने बताए । उनले निर्मलाका न्यायका लागि आफ्नो अन्तिम लडाई जारी रहने सकल्प गरेका छन । निर्मलाकै न्यायको लागि राज्यसग लडाईकै क्रममा आफु बिरुद्ध मुद्दामाथि मुद्दा लगाएको विषय दुखत भएको बताए ।
१० साउन ०७५ सालमा भीनपा २ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पत्रकार भण्डारीले शसक्त रुपमा मुद्दा उठान गरेका थिए । त्यसपछि पनि पत्रकार भण्डारीले आफ्नो शास रहुन्जेलसम्म निर्मलाको न्यायका लागि निरन्तर लडिरहने सकल्प अघि सार्दै आएका छन ।

निर्मला हत्याकाण्डमा तत्तकालिन प्रहरीले सार्वजनिक गरेका दिलिप विष्ट होईन भन्दै आन्दोलन चर्किएको थियो । उतिबेला सरकारी वकिलले दिलिपलाई हाजिरी जवानीमा छाडेको थियो । निर्मला हत्याकाण्ड भएको ८ बर्षपुगिसक्दा पनि मुल मुद्दा अघि बढेको छैन, सहायक मुद्दा अदालत पुगेका छन । यसलाई स्थानीयले दुखत विषय भन्दै मुल मुद्दा अदालत पुग्नुपर्नेमा सहायक मात्रै अदालतमा पुगेकाले निर्मला मुद्दाको निरुपणमा सुझाव दिएका छन । जनक्रान्तिबाटसाभार

Leave A Reply

Your email address will not be published.