सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्छ: गणेश ठगुन्ना

काठमाडौं । नेकपा एमालेका सांसद गणेश ठगुन्नाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति नसच्याएसम्म विरोध जारी राख्ने बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले त्यसविपरित अभिव्यक्ति दिएको भन्दै विरोध गरे।

उनले देशहित विपरीतको अभिव्यक्ति प्रधानमन्त्रीले फिर्ता लिनुपर्नेमा जोड दिँदै नलिएसम्म विरोध कायमै राख्ने जनाए।

गत जेठ १७ गते प्रधानमन्त्री बालेनले संसद्मा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षीले लगातार प्रश्न उठाउँदै आए पनि बेवास्ता गरिएको बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.