फैसला कार्यान्वयनमा उत्कृष्ट योगदानः जिल्ला प्रहरी कार्यालय दार्चुला सम्मानित

दार्चुला । फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलालाई जिल्ला अदालत दार्चुलाले सम्मान गरेको छ ।

जिल्ला अदालत दार्चुला तथा अन्य अदालतहरूबाट विभिन्न मितिमा भएका फैसला अनुसार कैद तथा जरिवानाको लगत उल्लेख्य मात्रामा असुल गरी फैसला कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुला, कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महत तथा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमराज भट्ट लाई प्रशंसापत्र प्रदान गरिएको हो ।

जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले आयोजित कार्यक्रममा प्रशंसापत्र हस्तान्तरण गर्दै फैसला कार्यान्वयनमा प्रहरीले देखाएको सक्रियता, कानुनी शासनको सुदृढीकरण तथा न्याय सम्पादन प्रक्रियामा पु¥याएको योगदानको प्रशंसा गरेका हुन ।

अदालतले कैद तथा जरिवाना असुलीमा प्रभावकारी कार्यसम्पादन गर्दै न्यायिक निर्णयको प्रभावकारी कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले खेलेको भूमिकाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.