दार्चुलामा चालु आर्थिक वर्षमा १३९ विपद्का घटना, १३ जनाको मृत्यु

दार्चुला । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म दार्चुला जिल्लामा १३९ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार भिरबाट लडेर ८ जना, ढुंगा खसेर १ जना, हाम फालेर १ जना, पानीमा डुबेर २ जना तथा माटोको ढिस्कोमा पुरिएर १ जनाको मृत्यु भएको हो। साथै, पानीमा डुबेर २ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।

उक्त अवधिमा विपद्मा परेका ३५ जनाको उद्धार गरिएको छ भने ५२ वटा चौपाया मरेका छन्।

प्रहरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म २९२ जनाको नागरिकता प्रमाणपत्रका लागि सिफारिस तथा ३५३ जनाको चालचलन सम्बन्धी सिफारिस गरिएको छ।

यस्तै, ट्राफिक व्यवस्थापनअन्तर्गत १ हजार ५०७ वटा सवारी साधनलाई कारबाही गर्दा १२ लाख ६० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्षमा जिल्लामा २२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

यसैबीच, ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रहरीले ३४६ वटा कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममार्फत ८ हजार ११५ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.