विपदबाट जोगिन आरक्षपीडितको सुरक्षित बसोबासको माग

कञ्चनपुर
कञ्चनपुरका आरक्षपीडितले विपद्बाट जोगाउनका लागि अस्थायी सुरक्षित बसोबासको माग अघि सारेका छन । भीमदत्त नगरपालिका ४महेन्द्रनगर स्थित डिभिजन वन कार्यालय अगाडी बसेका आरक्षपीडितले विपद्बाट जोगाउनका लागि अस्थायी सुरक्षित बसोबासको माग अघि सारेको हो ।
आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्णदत्त भट्टले बर्षातका बेला आफुहरु विपद्तमा परेका बेला सुरक्षित बसोबासको माग अघि सारेको बताए । ‘हामी बसेको स्थान डुवान हुने गरेको छ, ‘उनले भने, ‘समान्य पानी पर्दा समेत हामी डुवानमा पर्दै आएका छौँ, ‘उनले भने, ‘स्थायी बसोबासको प्रबन्ध नहुँदासम्म अस्थायीका लागि उचो स्थानमा सारिदिन माग अघि सारेका छौँ ।’ आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई ज्ञापन पत्र बुझाएको बताउँदै सात दिने अल्टिमेटम दिएको बताए । सात दिनभित्र माग पुरा नभए आन्दोलनको उनले चेतावनी दिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले आरक्षपीडितलाई विपदबाट जोगाउनका लागि पहल गर्ने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.