मालिकार्जुन गाउँपालिकाद्वारा दिवाखाजा व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन

दार्चुला। मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ मा पालिकाभित्रका सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिन १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गाउँपालिका उपाध्यक्ष कल्याण सिंह धामीले गाउँसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्यमा दिवाखाजा व्यवस्थापनका लागि उक्त बजेट छुट्याइएको उल्लेख गरेका छन्।

हाल गाउँपालिकाभित्र रहेका ३८ वटा सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रमबाट करिब १ हजार ४८२ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्।

गाउँपालिकाले विद्यालयमा अध्ययनरत बालबालिकालाई स्थानीय उत्पादनमा आधारित पौष्टिक परिकार उपलब्ध गराउँदै आएको जनाएको छ। दिवाखाजामा दाल–भात, तरकारी, खिचडी, चामलको शैयाँ तथा मकैको शैयाँ लगायतका स्थानीय परिकार समावेश गरिने गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय कृषि उत्पादनको उपयोग गर्दै विद्यार्थीको पोषणस्तर सुधार गर्ने र विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवाखाजा कार्यक्रम सञ्चालन हुँदै आएको गाउँपालिकाको भनाइ छ।

Leave A Reply

Your email address will not be published.