दार्चुला । जिल्ला भलिबल संघ दार्चुलाले राष्ट्रिय भलिबल रेफ्रीहरूको सम्मान गरेको छ । राष्ट्रिय रेफ्रि कोर्ष पूरा गरेका जिल्लाका सात जना रेफ्रिलाई एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
खेलकुदमा रेफ्रीको भूमिका निष्पक्षता, अनुशासन र सम्मानको आधार मूल नाराका साथ सम्मान कार्यक्रम गरेको हो ।
सम्मानित हुने राष्ट्रिय रेफ्रीहरूमा नरेश गिरी, गोमती जोशी, अनिता कुमारी धामी, अम्मरा ठगुन्ना,प्रशान्त ठगुन्ना, प्रिया डडाल र सन्तोष सिंह कुँवर रहेका छन् ।
कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न प्रतिनिधि, खेलाडी, प्रशिक्षक, रेफ्री तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
जिल्ला भलिबल संघ दार्चुलाका अध्यक्ष प्रेमसिह ऐरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू प्रमुख अतिथि थिए ।
