दार्चुलामा भिरबाट लडेर घाइते भएका डडालको प्रहरीद्वारा उद्धार (भिडिओ सहित)

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–३ गल्थाका एक व्यक्ति भिरबाट लडेर घाइते भएका छन् ।

शुक्रबार बिहान सवा १० बजेतिर गल्थाका अन्दाजी ५५/५६ वर्षीय मदनसिंह डडाल घरबाट सुनसेरा जाने क्रममा गल्थास्थित भिरबाट लडेर करिब २०–२५ मिटर तल खस्दा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइते डडालको उद्धार छ । उनलाई उपचारका लागि तत्काल स्वास्थ्य चौकी सुनसेरामा पुर्‍याइएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.