कञ्चनपुर
भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका एक जेष्ठ नागरिकको निधन भएको छ । बेदकोट नगरपालिका ८ गैलनदी निवासी पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन भएको हो । दार्चुलाको काँटै पुख्यौली घर भई हाल कञ्चनपुर गैलनदीमा बस्दै आएका भण्डारीको २४ अगस्थ सन ०२६ अर्थात शुक्रबार ८साउन ०८२ मा निवासमै निधन भएको परिवारजनले जनाएका छन ।
मृतक भण्डारीका जेष्ठ पुत्र दुर्गासिह भण्डारीले निवासमै साँझ झण्डै ६ ः ३४ बजेतिर निधन भएको बताए । उनका अनुसार केही समयदेखि अस्वस्थ रहेका भण्डारीको स्थानीयदेखि विभिन्न अस्पतालमा उपचारपछि घरमै औषधी सेवन गर्दै आएका थिए । ८४ बर्षिया भारतीय सेना९ग्रिड०मा कार्यरत भण्डारी नेपाल भुतपुर्व सैनिक कञ्चनपुरका जिल्ला सदस्य पनि हुन । शनिबार महाकाली नदीमा भण्डारीको पार्थिप शशिरको अन्त्येष्टी गरिएको छ । हिन्दु परम्परा अनुरुप जेष्ठ पुत्र दुर्गासिह भण्डारी, भतिजा, नाति सहित आफन्तजनले दागबत्ती दिएका थिए ।
भारतीय पुर्व सैनिक हरकसिह भण्डारीका जेष्ठ पुत्र दुर्गासिह भण्डारी बेदकोट नगरपालिका ८ का निर्वतमान वडाध्यक्ष पनि हुन । हरकसिहको निधनसंगै समाजसेवी समेत रहेका निर्वतमान वडाध्यक्ष दुर्गा सिह भण्डारीलाई प्रिति शोक परेको छ । ०७४मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष दुर्गासिह भण्डारीका पुजनिय बाबुको निधनसंगै बेदकोट ८ वडा, नगरपालिका, उनका पुर्व सहकर्मीदेखिका घर परिवार, ईष्टमित्रदेखि आफन्त शोकाकुल भएका छन । बेदकोट ८का वडाध्यक्ष महेशराज जोशीले वडाकै जेष्ठ नागरिक भण्डारीको निधनसंगै वडाले असल अनुभवी अभिभावक गुमाएको बताए । वडाध्यक्ष जोशीले भण्डारीप्रति श्रद्धान्जली सहित आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेनदना प्रकट गरेका छन ।
निर्वतमान वडाध्यक्ष दुर्गासिह भण्डारीका सहकर्मी एव बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्दले पनि पुर्व भारतीय सैनिक समेत रहेका नगरकै जेष्ठ नागरिक हरकसिह भण्डारीको निधनमा दुख व्यक्ति गर्दै शोकाकुल परिवाजनमा गहिरो समवेदना प्रकट गरेका छन ।
नेपाल भुतपूर्व सैनिक जिल्ला कार्य समिति कञ्चनपुरका अध्यक्ष महाबिर बमले समेत सदस्य तथा गाँउकै जेष्ठ नागरिक गुमाउँदा पीडाबोध भएको बताए । अध्यक्ष बम सहित प्रेम बहादुर बम, किसन सिह फस्र्वान सहितका भुतपूर्व भारतीय सैनिकले समेत अन्त्येष्टीमा सहभागि सलामीदेखि श्रद्धान्जली अर्पण गरेका छन । भण्डारीको निधनसंगै घर परिवार, आफन्त ईष्टमित्र शोकाकुल भएका छन । भण्डारीको अन्त्येष्टीमा सयौँ सहभागिदेखि विभिन्न क्षेत्रबाट शोकाकुल भण्डारी परिवारमा समवेदना प्रकट गरिएका छन ।