सुना बाननी बडू समाजको अध्यक्षमा पुर्व शिक्षक विष्णूदत्त बडू

कञ्चनपुर
सुना बाननी बडू समाजको अध्यक्षमा विष्णूदत्त बडू चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको सुना बाननी बडू समाजको प्रथम बार्षिक साधारण सभाबाट अध्यक्षमा विष्णूदत्त बडू चयन भएका हुन । पुख्यौली घर दार्चुला भएका सुना बाननी बडू समाजको अध्यक्षमा चयन भएका बडू निङलानैशी माविमा पुर्व प्रद्यानाध्यापक हुन ।
उपाध्यक्ष जयानन्द बडू , महिला उपाध्यक्ष ःमोनिका बडू , महासचिव जयदेव बडू , सचिव गणेशदत्त बडू, कोषाध्यक्ष माया बडू सदस्यहरु लिला बडू, पशुपति बडू, कलावती बडू, जयन्ती बडू, गोबिन्द बल्लव बडू, हरिदत्त बडू, रामदत्त बडू, धर्मानन्द बडू, पदमराज बडू रहेका छन ।
लेखा समिति संयोजक राजेन्द्र प्रशाद बडू, ईश्वर बडू दिपेन्द्र बडू रहेका छन । सल्लाहकार तर्फ गोपादत्त बडू, प्रमानन्द बडू, विष्णूदत्त बडू, केशवदत्त बडू, भवानी प्रशाद बडू, केशवदत्त बडू, रामदत्त बडू, दिपेन्द्र प्रसाद बडू, जगन्नाथ बडू, मञ्जु बडू, केशवदत्त बडू रहेका छन । विष्णुदत बडूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व कृषि विकास अधिकृत प्रमानन्द बडू विशिष्ट अतिथिमा पूर्व प्र ।अ । गोपाल दत्त बडू रहेको कार्यक्रममा महासचिव जय देव बड्ले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यकमको सञ्चालन समाजका सदस्य ईश्वर दत्त बड्ले गरेका थिए । लोक संस्कृति सरक्षणका लागि समाजले भूमिका निर्वाह गर्ने जनाएको छ । पुख्र्यौली घर दाचुला भई हाल कञ्चनपुर जिल्लामा बसोबास गरिरहेका बडू परिवार मिलेर सुना बाननी बडू समाज गठन गरिएको हो। पारिवारिक एकता का साथै सामाजिक र संस्कृति रुपमा आफ्नो पहिचान स्थापित गरी अन्य समुदाय सँग भाइचाराको सम्बध स्थापित गर्ने संस्था को उद्देश्य रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.