दार्चुला । जिल्ला अस्पताल दार्चुलाले आज ओपिडी सेवा पूर्णरूपमा बन्द गरेको छ।
नेपाल चिकित्सक संघद्वारा जारी विज्ञप्तिअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै देशव्यापी आन्दोलनको घोषणा गरिएकाले जिल्ला अस्पताल दार्चुलाले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ओपिडी सेवा बन्द गरेको हो।
अस्पताल प्रशासनले जारी गरेको सूचनामा ओपिडी सेवा बन्द रहने उल्लेख गरिएको छ। यद्यपि, आकस्मिक इमरजेन्सीसेवा तथा प्रसूति सेवा भने नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ।
ओपिडी सेवा बन्दबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना समेत गरेको छ।