गैर कानूनी गतिबिधी बिरुद्ध रास्वपा सरकारको एक्सन : अवैध स्कुटी समातेर भन्सार चलान 

  • कञ्चनपुर ।

कञ्चनपुरमा गैर कानूनी रुपमा भारतबाट व्यक्तिले खरिद गरेर ल्याएका ‘ईलेक्ट्रिक स्कुटी’ जफत गरिरहेको छ । प्रहरीले गड्डाचौकी सहितका जिल्लाका विभिन्न खुला नाकाहरुबाट नेपाल भित्र्राउन लागेका ‘ईलेक्ट्रिक स्कुटी’ जफत गरिरहेको हो ।

 

दुई सातादेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट ल्याउन लागेका उक्त ईभी(स्कुटी) बरामद गर्न लागेको हो ।

२०जेठ ०७६सालमा यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी सहितका निकायलाई पत्राचार गर्दै ईलेक्ट्रिक स्कुटर बिना दर्ता सडक सञ्चालमा भएको हुँदा उक्त सवारी साधन यातायात व्यवस्था ऐनको दफा १६०को उपदफा (२)को खण्ड (ख) बमोजिम कार्बाही गर्नु गराउन निर्देशन दिएको थियो ।

oplus_1026

सवारी तथा यातायात व्यवस्था ऐन ०४९को दफा १४को उपदफा (१)मा अनुरुप कुनैपनि सवारी साधन खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति फर्म वा कम्पनी सवारी साधन बिक्रि वितरण गर्ने एजेण्टले सवारी खरिद गरेका वा पैठारी गरी नेपाल भित्र ल्याएको मितिले १५दिन भित्र अधिकारी समक्ष दर्ता गराउनुपर्ने प्रावधान भएपनि विगतदेखि नै कञ्चनपुरमा धमाधम भारतबाट ईलेक्ट्रिकल स्कुटी आयात भईरहेका छन ।

यातायात व्यवस्था विभागले परिपत्र जारी गरेको ७ बर्षपछि कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतकबाट तुरुन्तै खरिद गरेर ल्याएका स्कुटी जफत गर्दै भन्सार बुझाईरहेको छ ।

 

सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न नाकाहरुबाट बरामद गरेका ईभीस्कुटी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाउन थालेका छन ।

 

एक महिनाको अवधिमा झण्डै कञ्चनपुरबाट १२ ईभी जफत गरेर भन्सार बुझाएको जनाईएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणहेक्वा शैलेश्वरीका गणपति (एसपी) प्रेम प्रकास सिग्देलले बेलौरीबाट ३ र गड्डाचौकीबाट ९ स्कुटी बरामद गरेर भन्सार बुझाएको बताए ।

कञ्चनपुर भन्सार कार्यालय भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार चोरीछली गरेर नेपाल भित्र्राईरहेका ईभी बरामद गरेर भन्सार बुझाएको बताए ।

भन्सार अधिकृत भट्टले भन्सार राजस्व चोरीछली गरेर भित्र्राउन लागेका ईभी स्कुटी बरामद गरिएको र उक्त बरामद गरिएका स्कुटीलाई प्रकृया पु¥याएर लिलाम गरिने छ ।

‘यातायातले भन्सार प्रज्ञापन सहित मात्रै दर्ता गर्छ, ‘उनले भने, ‘भारतबाट एक÷एक व्यक्तिले खरिद गरेर ल्याएका ईभीपनि दर्ता हुदैनन्, कुनै सप्लार्यस वा फर्मले कानून अनुरुप प्रकृया पु¥याए मात्रै दर्ता हुन्छन ।’

यातायात व्यवस्था कार्यालयका ईन्जिनियर रविन चौधरीले हालसम्म २४ ईलेक्ट्रिकल स्कुटी दर्ता भएको बताए । उनका अनुसार गत बर्षदेखि कार्यालयमा एसपी मोर्टस मार्फत आएका मात्रै स्कुटी दर्ता गरिएका छन ।

‘यो व्यवस्था पुरानै हो, जहिलेदेखि ईभी सवारी साधन नेपालमा भित्रिए त्यही समयदेखि हो, ‘उनले भने, ‘उपभोक्तादेखिका सरोकारवाला निकायसले यसमा ध्यान नदिएकाले भारतबाट व्यक्तिगत रुपमा ल्याएर उपभोग गर्दै आएका थिए ।’ यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख कुमार नेपालीले यस अघि भित्रिएका सवारी साधनको हकमा कुनै विकल्प खोजिने र बाँकी नयाँ आउन नदिने भएपछि अब दर्ता प्रकृयामा लैजान सकिने बताए । ‘हामीलाई भन्सार प्रज्ञापन सहित प्रकृयागत रुपमा आएका ईभी सवारी साधन दर्ता गर्दै आएका छौँ, ‘उनले भने, ‘यातायातले सडकमा गुडिरहेको गाडी छोपेर दर्ता गर्ने कुरो भएन, यो त ट्राफिकको पनि काम हो नी ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले कानून अनुरुप मात्रै खरिद गरेर संचालन गर्नुपर्ने बताए । यसरी भारतबाट अवैध रुपमा भित्र्राएर सडकमा संचालन गर्दा भावि दिनमा कुनै दुर्घटना हुँदा स्वयम असुक्षित हुने भएकाले दर्ता प्रकृयाबाट मात्रै ईलेक्ट्रिकल स्कुटर खरिद गरेर संचालनमा जोडदिईएको छ ।

 

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.