कञ्चनपुर ।
कुटपिट मुद्दामा फरार भएका कञ्चनपुरका दुई अभियुक्त पक्राउ परेका छन । उच्च अदालत दिपालय डोटी महेन्द्रनगर ईजलासको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना तोकिएका लालझाडीको देखतभूलीका दुई स्थानीय पक्राउ परेका हुन ।
लालझाडी गाँउपालिका ५भुलीका ५४ बर्षिया रामदत्त जोशी र ४० बर्षिया गोबिन्द अवस्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कञ्१चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रापवतले अदालतको फैसला अनुरुप कैद र जरिवाना भुक्तान नगरेपछि उनीहरुलाई पक्राउ गरेर अदालत पेश गरिएको बताए । अदालतबाट दोषि ठहर भएका कुनैपनि व्यक्तिले कानूनबाट उन्मुक्ति नपाउने यस उदाहरणबाट समेत देखिन्छ ।
