सुत्केरी बेथाले छटपटाइरहेकी गर्भवतीको नेपाल प्रहरीले गर्‍यो उद्धार

दार्चुला । दार्चुलामा प्रहरीले एक सुत्केरी बेथाले छटपटाइरहेकी  गर्भवती महिलालाई उद्धार गरेको छ । बुधबार जिल्लाको लेकम गाउँपालिका वडा -५ रिठाचौपाताकी सुनिता धामीलाई प्रहरीले उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी सहायक हवल्दार बिरेन्द्र सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले सुत्केरी बेथा लागेर पीडामा रहेकी धामीलाई उद्धार गरेको जनाएको छ ।

महिलाको अवस्था गम्भीर हुन सक्ने आँकलन गर्दै प्रहरी टोलीले तत्काल सुरक्षित रूपमा स्वास्थ्य चौकी रिठाचौपातामा पुर्‍याएको छ । इलाका प्रहरी कार्यालय रिठाचौपाताले यसअघि पनि विभिन्न समस्यामा परेका नागरिकको उद्धार तथा आपत्कालीन सहयोगका कार्यहरू गर्दै आएको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.