दार्चुला । नेकपा समाजवादी पार्टीको प्रथम दार्चुला जिल्ला भेला शंकरपुरमा सम्पन्न भएको छ । नेकपा समाजवादी पार्टीको पार्टी कार्यालय स्थापना गर्दै भेला समपन्न भएको हो ।
नेकपा समाजवादीका जिल्ला अध्यक्ष दिल्ली राज विष्टको अध्यक्षता र पार्टीका केन्द्रीय अध्यक्ष राजु कार्कीको प्रमुख आतिथ्यता बसेको बैठकले मालिकार्जुन गाउँपालिका वडा नमबर ८ शंकरपुर पस्तीमा पार्टी कार्यालयको स्थापना गरेको छ ।

प्रथम जिल्ला भेला र पार्टी कार्यालय उद्याटन कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष कार्की संगै केन्द्रीय पार्टी प्रवक्ता मानबहादुर तामाङ, पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष नरेन्द्र जोशी,कम्युनिष्ट योङ ब्रिगेड (Communist yong brigade)का केन्द्रीय सदस्य मिलान राणा मगर, धदिङ जिल्ला ईनचार्ज दिनेश तामाङ, सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी विष्णु लामालगायतको सहभागीता रहेको जिल्ला अध्यक्ष विष्टले जानकारी दिनुभयो ।