दार्चुलामा भोलीदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार भोली देखि दार्चुलामा पनि पार्टीले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको हो ।

भोली सोमबार २५ गते देखि साउन ३१ गतेसम्म यो अभियान संञ्चालन हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला सभापति राजेश सिह सामन्तले जानकारी दिए ।

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन दुई–दुई जना प्रतिनिधिहरुको उपस्थिति रहने पार्टीले जनाएको छ ।

जस अन्तरर्गत साउन २५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला उपसभापति सुरेन्द्र बहादुर खडायत र सदस्य मोहन सिह बोहरा रहने भएका छन् ।

यस्तै २६ गते सचिव राजेन्द्र पन्त र सदस्य ओम प्रकाश धामी, साउन २७ गते सह सचिव धिरेन्द्र सिह विष्ट सदस्य राजेन्द्र सिह धामी साउन २८ गते कोषाध्यक्ष रामसिह विष्ट र सदस्य सरिता चन्द कुवर रहने पार्टीले सूचना मार्फत जानकारी दिएको छ ।

यस्तै साउन २९ गते जिल्ला सभापति राजेश सिह सामन्त र सदस्य दुर्गा पार्की साउन ३० गते उपसभापति सुरेन्द्र बहादुर खडायत र सदस्य कविता चन्द साउन ३१ गते सचिव राजेन्द्र पन्त र सदस्य रविन सिह ठेकरेलाई जिम्मेवारी दिइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले जनाएको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.