काठमाडौं । देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिइएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले बालबालिकामा हुने मनोवैज्ञानिक दबाब अन्त्य गर्न परीक्षा प्रणाली बन्द गर्न भनेका हुन् ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ८९ अनुसार यो व्यवस्था लागू गरिएको पत्रमा उल्लेख छ । नयाँ व्यवस्था अनुसार आगामी शैक्षिक सत्रदेखि आधारभूत तह (कक्षा १–५) मा लिइने परम्परागत आन्तरिक परीक्षाहरू पूर्ण रूपमा बन्द हुनेछन्।
कतिपय विद्यालयहरूले अझै पनि पुरानै शैलीमा त्रैमासिक परीक्षामार्फत मूल्यांकन गरिरहेको पाइएपछि लिखित निर्देशन दिइएको बताइएको छ ।
स्थानीय तहहरूलाई समेत यो निर्णय कार्यान्वयनमा आवश्यक सहयोग र सहजीकरण गरिदिन भनिएको छ ।
