दार्चुला खुल्ला दिसामुक्त घोषणा भएपनि समस्या निर्मुल भएन

उमेश सिंह धामी

दार्चुला। दार्चुला जिल्ला लाई खुल्ला दिसामुक्त घोषणा गरिएपनि खुल्ला दिसाको समस्या निर्मुल हुन सकेको छैन । जिल्लालाई २०७५ साल बैशाख २६ गते नै खुल्ला दिसामुक्त गरिएको भएपनि सदरमुकाम छेउछाउमै खुल्ला दिसापिसाब भैरहेको छ ।

जिल्ला खुल्ला दिशा मुक्त भएपनि जिल्लाका अधिकांस बजार क्षेत्र र सडक छेउछाउमा खुल्ला रुपमै दिसापिसाव गर्ने भइरहदा समेत सम्बन्धीत निकाय मौन छ । जिल्लाका स्थानीय तहले विभिन्न सार्वजनि ठाउँमा निर्माण गरेका सार्वजनीक सौचालय प्रयोग गर्न योग्य नहुँदा खुल्ला रुपमै दिसापिसाव गर्ने समस्याको निर्माेल हुन नसकेको हो ।

जिल्लाको पर्यटकिय स्थलको रुपमा रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ लगायत गाउँपालिका भरि निर्माण भएका अधिकांस सार्वजनिक सौचालय प्रयोग विहिन रहेका छन।

विभिन्न निकायले सार्वजनिक सौचालय निर्माण गरेपनि गाउँपालिकाले त्यसेका प्रयोग र संरक्षणमा ध्यान दिन नसक्दा बाहिरबाट आउने यात्रु र पर्यटकहरु खुल्ला रुपमै र झाडीमा दिशापिसाप गर्न बाध्य हुने गरेका छन । मालिकार्जु गाउँपालिका वडा नम्बर ३ को बजार क्षेत्रमा मात्रै नेपाल रेडक्रस लगायतका संस्थाहरु ३ र ४ ठाउँमा सार्वजनिक सौचालय निर्माण गरेका छन ।

तर सबै सौचालयमा फोहोरको थुप्रो रहेको छ । कतिपय ठाउँमा निर्माण गरिएका सार्वजनिक सौचालय एक दिन पनि प्रयोग नगरि भत्किएको मालिकार्जुन गाउापालिका वडा नम्बर ३ का स्थानीय व्यापारी प्रकास धामीले जानकारी दिनुभयो । मालिकार्जुन क्षेत्रमा आउने पर्यटक र भक्तजनहरुको सहजताको लागी निर्माण गरिएका सार्वजनिक सौचालय प्रयोग गर्न अयोग्य हुँदा समेत गाउँपालिकाले कुनै चाँसो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।

गाउँपालिकाले निर्माण गर्नु त परैको कुरा हो, अन्य संघ संस्थाहरुले निर्माण गरेका संरचनाहरुको समेत संरक्षण गर्न नसक्नु लाजमर्दाे कुरा भएको अर्का स्थानीय अनिल धामीले भन्नुभयो ।

जिल्लाको मालिकार्जुन गाउँपालिकामा मात्रै हैन अधिकांस स्थानीय तहमा निमारउण गरिएका सार्वजनि सौचालयहरुको अवस्था उस्तै रहेको छ । कतै सौचालय छन पानी छैन , कतै निर्माण गरिएका सौचालयहरु भत्किएका छन एक जना स्थानीय प्रदिप धामीले भन्नुभयो ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ बगौरा बजारमा रहेको सार्वजनिक सौचालयमा पनि पानिको व्यवस्था नहुँदा दिशा पिसापले भरिएको स्थानीय विरेन्द्र डाँगाले बताउनुभयो।

सार्वजनिक सौचालय भए पनि नियमित सरसफाइको अभावमा सौचालय प्रयोग विहिन बनेको उहाँले बताउनुभयो । जिल्लाको राजमार्ग छेउमा निर्माण गरिएका अधिकांस सार्वजनिक सौचालयको सञ्चालन नहुँदा राजमार्ग छेउछाउमै खुल्ला रुपमा दिसापिसाप गर्ने गरेका छन ।

कतिपय ठाउँमा सार्वजनिक सौचालय नहुँदा र भएकै सार्वजनि सौचालयको संरक्षण र सरसफाइ बारृ स्थानीय तहले ध्यान नदिदा जिल्ला खुल्ला दिशा मुक्त घोषणामै सिमित भएको छ।

सुदूरपश्चिम प्रदेशको आठौ र देशकै ५० औँ अर्थात् नयाँ संरचना अनुसार ५२ आँै जिल्लाको रुपमा दार्चुला जिल्लालाई २०७५ साल बैशाख २६ गते खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । निकै तामझमका साथ जिल्लालाइ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिए पनि घोषणा पछि कुनै निकायले ध्यान नदिदा जिल्ला खुल्ला दिशा मुक्त घोषणा भएको अर्थहिन भएको छ ।

Leave A Reply

Your email address will not be published.