कञ्चनपुर, ।
सशस्त्र प्रहरीले कञ्चनपुरमा एकै दिन १०लाख बढीको भन्सार चोरीछली गरेर ल्याएका अवैध समान बरामद गरेको छ । ५भदौँ (शुक्रबार) एकै दिन सीमावर्ती जिल्लाका विभिन्न स्थानबाट अवैध समान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (डिएसपी) प्रेम प्रकास सिग्देलले १०लाख, ६ हजार बराबरका अवैध समान नियन्त्रणमा लिएको बताए । उनका अनुसार शैलेश्वरी गण मातहत रहेका गुल्म एव बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बेलौरी, पुर्नवास, भुडा, ब्रम्हदेब लगायतका क्षेत्रबाट अवैध समान बरामद गरिएको बताए ।
एसपी सिग्देलका अनुसार तस्करीमा संलग्न एक भारतीय नम्बर प्लेट सहितका चार मोटरसाईकल, चिनी, सुर्ती, चस्मा, घडी, पेय पदार्थ सहितका अवैध समान बरामद गरेर त्रिनगर र गड्डाचौकी भन्सार चलान गरिएको बताए । साथै भारतबाट प्रतिबन्धित गरिएको बोईलर कुखुरा समेत बरामद गरेर नष्ट गरेको छ ।
तस्करीमा समान बरामद गरेर भन्सार चलान गरेपछि तस्कर समुहको विचल्ली भएको छ । सुदूरपश्चिममा डिआईजी दिग्यविजयी सुबेदिले प्रदेश र एसपी सिग्देलले कञ्चनपुर जिल्लाको कमाण्ड सम्हालेपछि तस्कर समुह सामु लम्पसार, हात फैलाउने नभई तस्करको टाउको डण्डा बजार्नुपर्ने नीति अबलम्बन गरेर चोरी तस्करी नियन्त्रणमा २४ सै घण्टा खटिन कडा निर्देशन दिएपछि प्रदेश, जिल्लाभरीका सशस्त्र प्रहरी सीमा क्षेत्रमा हाईअलट सकृय भएकाले चोरी तस्करी नियन्त्रण भईरहेको दावि छ । तर नागरिकले भने, विगतको जस्तो शुरुमा समान समात्ने त्यसपछि लाईन आए छाड्ने काम अहिलेको सशस्त्र प्रहरीले गर्न नहुने सुझाव दिएका छन । निरन्तर भन्सार राजस्व चोरीछली बिरुद्ध सशस्त्र प्रहरी सकृयतापुर्वक कामकाज गर्नुपर्नेमा नागरिक समाजको जोडछ ।
